|
Photo : aa.com.tr

टर्कीले सम्भावित साइवर आक्रमणलाई मध्यनजर गर्दै देशको सुरक्षाका लागि ‘साइबर आर्मी’ को व्यवस्था गर्ने टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले बताए।

सरकारले राष्ट्रिय साइबर सुरक्षा संरचनालाई मजबुद पार्न सुरुमा पाँच समूहको प्राविधिक सेनाको गठन गर्ने र यसलाई विस्तारै विस्तार गर्दै लाने उनले बताए।

यसअन्तर्गत सुरुमा करिब १३ हजार सेतो टोपी पहिरेका अनलाइन सुरक्षा गार्डलाई सार्वजनिक रुपमा कामपा पठाइने उनले बताए।

टर्कीमा आगामी केही दिनभित्र साइबर आक्रमण हुनसक्ने खतरा रहेको सूचनाका आधारमा सरकारले सुरक्षा प्राविधिकलाई थप सशक्त बनाएको सञ्चारमन्त्रीको दाबी छ।

सन् २०१६ मा टर्कीमा भएको असफल राज्य विद्रोह पछि प्रशासनले हरेक क्षेत्रमा सुरक्षा स्थितिलाई चुस्तदुरुस्त पार्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.