|

काठमाडौँ : पहिलो चरणको निर्वाचनको मतगणना भइरहेका बेला निर्वाचन आयोगले दोस्रो चरणको चुनावको तयारी थालेको छ। निर्वाचन आयोगले प्रदेश नम्बर १, २, ५, ७ मा चुनावी तयारी सुरु गरेको हो। निर्वाचन आयोगले चारवटा प्रदेशमा शनिबारबाट मुख्य निर्वाचन अधिकृत खटाउने भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपनि सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि खटाईएका कर्मचारी आयोगले फिर्ता बोलाएको थियो। ' मतदान केन्द्र व्यवस्थित बनाउन आवश्यक कर्मचारी परिचालन गर्न भोलीबाटै मुख्य निर्वाचन अधिकृतहरुले काम सुरु गर्नुहुन्छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने। दोस्रो चरणको निर्वाचन जेठ ३१ गते ४१ वटा जिल्लामा हुँदैछ।

४ सय ६१ स्थानीय तहमा ४१०७ वडा संख्या रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको तथ्याङ्क अनुसार प्रदेश नम्बर १ मा रहेका १ सय ३७ तहमा ११ सय ५७ वडा संख्या छन्। प्रदेश नम्बर २ मा रहेका १ सय २७ स्थानीय तहमा १२ सय १२ वडा संख्या रहेका छन्। यता प्रदेश ५ मा  रहेका १०९ स्थानीय तहमा  १ हजार ४ वडा संख्या रहेका छन्। प्रदेश ७ मा रहेका ८८ स्थानीय तहमा ७ सय ३४ वडा संख्या छन्।

यस्तै प्रदेश नम्बर १ मा १८ सय ६२ मतदान स्थल छन् भने ३४ सय ६० मतदान केन्द्र छन्। प्रदेश नम्बर २ मा २१ सय ३६ मतदान स्थल छन् भने ३५ सय ६६ मतदान केन्द्र छन्। प्रदेश नम्बर ५ मा १५ सय १४ मतदान स्थल छन् भने ३१ सय २७ मतदान केन्द्र छन्। प्रदेश नम्बर ७ मा ११ सय ८ मतदानस्थल छन् भने १६ सय ८० मतदान केन्द्र छन्। चार वटा प्रदेशमा ६ हजार ६ सय १९ मतदान स्थल छन् भने ११ हजार ८ सय ३३ मतदान केन्द्र छन्।

प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन्। यता प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता संख्या छन्। यता प्रदेश नम्बर ५ मा २४ लाख ५५ हजार ४१२  मतदाता छन् भने प्रदेश नम्बर ७ मा १३ लाख ३७ हजार १४ मतदाता छन्। दोस्रो चरणको निर्वाचनमा ९० लाख ९८ हजार ४ सय ८१ मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.