|

सुर्खेत : सुर्खेतको चौकुने गाउपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका धिरबहादुर शाही विजयी भएका हुन्। उनले ३२४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खड्गबहादुर विक बास्पानेले २७४५ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका गजराज जोशीले २२५० मत प्राप्त गरेका छन्।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकै निर्मला रानाले ३३५६ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी बिमला जिसीले २३१५ मत प्राप्त गरेकी थिइन्, भने नेपाली कांग्रेसकी रेणु रानाले २१९४ मत ल्याएकी छन्।

यी हुन चौकुने गाउँपालिकाका वडा अध्यक्षहरु

१. नेकपा एमाले लक्षीराम आले

२. नेपाली कांग्रेस मायाराम जैसी

३. नेकपा एमाले गणेश राना

४. नेपाली कांग्रेस नमराज जैसी

५. नेकपा एमाले तुलाराम हिस्कीमगर

६. माओवादी केन्द्र ईन्द्र ढकाल

७. नेकपा एमाले अमर बिसी

८.नेकपा एमाले ताराकेशर सुवेदी

९ माओवादी केन्द्र नवराज आचार्य

१०.नेकपा एमाले शंकरबहादुर टमटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.