|

डडेल्धुरा : प्रदेश नम्बर सातका ९ वटै जिल्लामा स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन भएको छ। वैशाख १२ गतेदेखि स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम शुक्रबार (आज) देखि पुनः सुरु भएको हो। सरकारको दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयअनुसार प्रदेश नम्बर सातमा जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको थियो। उक्त स्थगित कार्यक्रम आजबाट सबै जिल्लाहरुका सुरु गरिएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ।

मतदाताहरुको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न आजदेखि प्रदेश नम्बर सातका नौ वटै जिल्लामा १ हजार ७ सय ९० जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ।

उक्त कार्यक्रमका लागि डडेल्धुरामा १ सय १८, बैतडीमा १ सय ८७ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित गरिएको छ। यस्तै उता कैलालीमा सबैभन्दा बढी ४ सय ९० र सबै भन्दा कम बाजुरामा बाजुरा ६९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ।

डोटीमा एक सय ५९ जना, अछाम १ सय ८९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्। यस्तै कञ्चनपुरमा २ सय ९३ जना, दार्चुला १ सय २७ जना र बझाङ १ सय ५८ जनालाई मतदाताहरुको घरमै गएर चुनावमा मतदान कासरी गर्ने बारेमा जानकारी गराउनको लागि परिचालित गरिएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले जनाकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.