|

दमक :  झापाको दमकमा रहेको  दमक रनले एभरेस्ट म्याराथनमा भाग लिन जाने धावक याङदेव राईलाई आर्थिक सहयोग गरेको छ। दमक रनका सदस्य तथा खेलाडीसमेत रहेका राईलाई रनले आर्थिक सहयोग गरेको हो। राईलाई बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै नगद  ३० हजार रुपैयाँसहित स्लिपिङ ब्याग, चस्मा प्रदान गरेको हो।

जेठ १५ गते हुने उक्त प्रतियोगितामा सहभागी हुन लागेका धावक राईको दौड खेल यात्रालाई सघाउ पु¥याउन समूहले सो सहयोग गरिएको अध्यक्ष दिवस राईले बताए। उनले दौड क्षेत्रमा निकै सम्भावना बोकेका राईको क्षमतालाई प्रवद्र्धन गराउन संस्थागत रुपमा यस्ता सहयोग उपलब्ध गराउँदै आएको बताए।

पूर्वका विभिन्न दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै  आएका राईले उक्त प्रतियोगितामा ४२ किलोमिटर लामो दौडने छन्। पूर्वबाट उनले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा भाग लिएका हुन्। २०६९ सालदेखि अल्ट्रा दौडमा सक्रिय २२ वर्षीय याङदेवले दमक रनको नामबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

बर्सेनि आयोजना हुँदै आएको त्यस प्रतियोगितामा २१, ४२ र ६५ किलोमिटर दूरीको दौड हुने र संसारभरिका १ सय बढी धावकहरुले भाग लिने जनाइएको छ। उनी आजैै उक्त प्रतियोगितामा भागलिन सोलुखुम्बुतर्फ लाग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.