राजनीति

चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
SHARES

जेठ ५, २०७४

    काठमाडौं : चितवनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। बालुवाटारस्थित निवासमा उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल गरिरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन्।

    छलफल दोस्रो चरणको निर्वाचन, संविधान संशोधन र महाभियोगमा केन्द्रित रहेको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए। 'सत्तारुढ प्रतिपक्षी सहित संविधानप्रति असन्तुष्ट दलहरुसँग उहाँले संविधान संशोधनको विषयमा सहमति जुटाउन छलफल थाल्नुभएको हो,' आचार्यले भने।

    चितवनमा एक कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डले चुनावमा जसले जितेपनि जित आफ्नो भएको बताउँदै आजै दलहरुबीच महत्वपूर्ण सम्झौता हुने बताएका थिए। जेठ पहिलो साताभित्रै राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्रीले संविधान संशोधनमा सहयाेगको लागि आग्रह गर्दै  दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सहभागी दललाई आग्रह गरेको प्रेस सल्लाहकार आचार्यले बताए।

    छलफलमा कांग्रेस, एमाले, राप्रपा, राजपा लगायतका दल सहभागी छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]