|

लहान : जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा मोटरसाइकलमा लुकाई छिपाई ल्याउँदै गरेका बेला ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कर्जन्हा गाउँपालिका ५ का २९ वर्षीय सुनिलकुमार साहु हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

उनलाई बा. १३ प १३३८ नं.को मोटरसाइकलको पछाडि बोराभित्र लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित सिरहाको सिरहा नगरपालिका १२ सारश्वरस्थित कमला नदी किनारबाट बिहिबार पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरीले शङकास्पद अवस्थामा हाँकिरहेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा बोरामा लुकाएको प्रतिबन्धित लागुऔषध बरामद भएको हो।

प्रहरीले बोरा खोल्दा कोरेक्स ७८ बोतल, ३० एम्पुल लुपिजेसिक, ३० एम्पुल डाइजिल्याव, १ सय ६१ एम्पुल फोटविन, २६ एम्पुल फेनारगन, १ सय ४४ ट्याब्लेट स्पस्मो प्रोक्सिवान, २ सय ९६ ट्याब्लेट नाइट्रोसन भेटिएपछि हलुवाइलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार हलुवाईलाई बिहीबार नै लागुऔषध ओासरापोसार मुद्दाअन्तरगत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.