|

काठमाडौं :  वैशाख ३१ गते स्थानीय तह निर्वाचन भएको ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमध्ये धेरैको नतिजा सार्वजनिक भइसकेको छ। मतगणनाको नतिजा अनुसार अहिलेसम्म नेकपा एमाले पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा नेपाली कांग्रेस रहेको छ। नेकपा माओवादी तेस्रो स्थानमा रहेको छ।

प्रदेश नम्बर ४ को ११ जिल्लाका ८५ मध्ये मतगणनाको अन्तिम परिणाम आइसकेका पोखरा-लेखनाथ महानगरपालिका र लमजुङको राइनास गाउँपालिका बाहेकका स्थानीय तहमा ४४ वटाको प्रमुख वा अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।  त्यस्तै नेकपा एमालेले ३२ स्थानमा र नेकपा माओवादी केन्द्रले ५ स्थानीय तहमा मात्र जित हासिल गरेको छ। एउटामा राष्ट्रिय जनमोर्चा र एउटामा स्वतन्त्र उम्मेदवार गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन्। 

हेर्नुस् प्रदेश नम्बर ४ का जिल्लामा कहाँ कुन पार्टी विजय भए?

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.