|

काठमाडौं : वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम अझै जारी छ। प्रदेश नम्बर ६ को १० जिल्लाका ७९० स्थानीय तहमध्ये हुम्लाको खार्पुनाथ गाउँपालिकामा शुक्रबार मतदान भएको छ भने कालिकोटको नरहरिनाथ गाउँपालिकामा जेठ ७ गते निर्वाचन छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, कालिकोटको कालिका गाउँपालिका र सल्यानको शारदा नगरपालिकाको मतगणनाको नतिजा आइसकेको छैन। नतिजा आइसकेका ७२ स्थानीय तहको  अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बराबर २५ जना उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका २२ उम्मेदवारमात्र अध्यक्षमा निर्वाचित भएका छन्। डोल्पाका दुईवटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। 

हेर्नुस् प्रदेश नम्बर ६ का कुन जिल्लामा कुन कुन पार्टी विजयी भए?

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.