|

काठमाडौँ : मतपत्र र स्वस्तिक छापको रङ उस्तै हुँदा  मतगणनामा समस्या भएपछि निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गर्ने भएको छ । 

पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुने निर्वाचनमा रातो रङले संकेत गर्ने व्यवस्था गर्ने निर्णय आयोगले गरेको हो।

नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएकाले रातो रङ छनोट गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ' दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ,' उनले भने ।

पहिलो चरणमा देखिएका कमजोरीलाई नदोहोर्‍याउन  निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको प्रवक्ता शर्माले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.