|

इलामः करेन्ट लागेर विद्युुत प्राधिकरण इलामका एक कर्मचारीको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा देउमाई नगरपालिकाका ५० वर्षका दाताराम पौडेल रहेका छन्। देउमाई नगरपालिका– ५ पुुलामी चोक नजिकै रहेको विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ। 

सात दिन अगाडि बिग्रिएको ट्रान्सफर्मर शुुक्रबार मर्मत गरेर जडान थालिएको थियो। ११ केभीए प्रशारण लाइनबाट ट्रान्सफर्मरमा ल्याइएको कालो तार (ट्रान्सफर्मरको केवल) बाट पौडेलको दाहिने हातमा करेन्ट लागेपछि जमिनमा झरेका थिए। भुुइँमा खसेका उनलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। 

विद्युत प्राधिकरणको लापरबाहीका कारण पौडेलको ज्यान गएको स्थानीयले आरोप लगाएका छन्। काम गर्न लगाएर अचानक प्राधिकरणका कर्मचारीले विद्युुत छोडेर दुुर्घटना भएको स्थानीयवासीको आरोप छ। पौडेल तीन वर्षदेखि विद्युत प्राधिकरण मंगलबारेको फ्युज शाखामा करारमा काम गर्दै आएका थिए। 

मृतक पौडेलको शव पोष्टमार्टमका लागि इलाम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.