१३वडामध्ये कसले कुन वडा जिते?

|

  • सविता जिसी

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। भेरिगंगा नगरापालिका प्रमुखमा नेपाली कांग्रेसका भुपेन्द्रबहादुर चन्द विजयी भएका हुन्। चन्दले ७५४३ मत प्राप्त गरेका छन्।

चन्दले नेकपा एमालेका यज्ञप्रसाद ढकाललाई पराजित गरेका हुन्। ढकालले ७३८४ मत प्राप्त गरे भने अर्का उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले १६३६ मत ल्याएका थिए।

भेरीगंगा नगरपालिकाको उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा कांग्रेसकी रेणु आचार्य ७५७४ मत ल्याएर विजयी भएकी हुन्। आचार्यले प्रतिद्वन्द्वी नेकपा एमालेकि  चन्द्रा आचार्यलाई पराजित गरेकी हुन्। चन्द्रा आचार्यले ७२९७ मत ल्याइन् भने माओवादी केन्द्रकी उम्मेदवार डिलसरा थापाले १६९८ मत प्राप्त गरिन्।

सुर्खेतका ९ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आइसकेका ८ मध्ये ५ मा कांग्रेसले जितेको छ भने ३ वटामा एमालेले जितेको छ।

१३ वडा रहेको भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले ८, एमालेले ४ र नेकपा माओवादी केन्द्रले १ वडामा जितेको छ।

भेरीगंगा नगरपालिका सुर्खेतका वडा अध्यक्षहरु:

१. माओवादी केन्द्र नवराज कार्की

२. नेपाली कांग्रेस नन्दबहादुर बुढा

३. नेपाली कांग्रेस जितबहादुर सुनार

४. नेपाली कांग्रेस महावीर खत्री

५. नेकपा एमाले प्रेमबहादुर सारु

६. नेपाली कांग्रेस बलबहादुर खड्का

७. नेपाली कांग्रेस कर्ण मिजार

८. नेपाली कांग्रेस पदम खत्री

९. नेकपा एमाले लछुमन राना

१०. नेपाली कांग्रेस मानबहादुर बुढा

११. नेपाली कांग्रेस हरी कडेल

१३. नेकपा एमाले टिकाराम सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.