|

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन आव्हान गरेकीछिन् । नेपालको संविधान अनुसार राष्ट्रपति भण्डारीले जेठ ८ गते बजेट अधिवेशन आव्हान गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आव्हान गर्नुपर्छ । राष्ट्रपति भण्डारीले  आज जेठ ८ गते बस्ने गरी संसदको अधिवेशन आव्हान गरेको राष्ट्रपति  कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।

संसदको अधिवेशन बिहीबार मात्रै अन्त्य गरिएको थियो । यो अधिवेशन सबैभन्दा लामो अधिवेशन हो । बिहीबार अन्त्य भएको संसदको अधिवेशन गत वर्षको वैशाख २१ गतेबाट सुरु भएको थियो ।  १ वर्ष १४ दिनमा संसदको १ सय ३५  वटा बैठक बसेका थिए । बैठकका लागि संसद्ले २ सय ९५ घण्टा २० मिनेट खर्चिएको संसद सचिवालयले जनाएको छ । बिहीबार अन्त्य भएको अधिवेशनले चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र प्रधानन्यायाधीश सुशीलका कार्कीविरुद्ध महाभियोग दर्ता भएको थियो । 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.