|

चितवन : निर्वाचन आयोग र कांग्रेस-माओवादी गठबन्धनबीचको विवादपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। महानगरको वडा नम्बर ९ मा एमाले विजयी भएको घोषणा भएपछि कांग्रेस-माओवादीले आपत्ति जनाएका थिए। यस वडाको वडाध्यक्षमा एमालेका यमलाल कडेंल विजयी भएका छन्।

कांग्रेस-माओवादीले यस वडामा पुन मतगणना गर्नुपर्ने माग राखेका छन्। मतगणनाका क्रममा निर्वाचन अधिकृतहरुकै मिलेमतोमा यस वडाको २ सय मत गायब गरिएको कांग्रेस-माओवादीको आरोप छ। यस वडाको परिणाम सार्वजिनक हुदाँसम्म एमालेका देवी ज्ञवाली महानगरको प्रमुखमा कांग्रेस-माओवादीकी उम्मेदवार रेनु दाहालभन्दा ३ सय ४६ मतले अघि छन्।

' एमालेलाई अघि बढाउन २ सय मत गायब पारियो। अन्यथा रेनु अगाडि थिइन्। त्यसैले यस वडामा फेरि मतदान गर्नुपर्छ भन्ने हाम्रो माग हो,' माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज घनश्याम दाहालले भने।

अहिले मतगणनास्थलमै कांग्रेस-माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन्। उनीहरुले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजिनामा माग गर्दै नारावाजी गरिरहेका छन्।

निर्वाचन आयोगका प्रतिनिधि र कांग्रेस-माओवादीका प्रतिनिधिसँग मतगणना सुरु गर्ने विषयमा छलफलमा छन्। छलफलमा कांग्रेस-माओवादीले वडा नम्बर ९ को मतगणना फेरि गर्नुपर्ने अडान राखेका छन्। 

चितवन वडा नम्बर ९ मात्र नभएर वडा नम्बर ४ र वडा नम्बर ७ को मतपरिणामको विषयमा पनि विवाद देखिएको छ। यसअघि वडा नम्बर ४ मा कांग्रेसले विजय जुलुस निकाल्दै गर्दा एमाले विजयी भएको घोषणा गरिएको थियो। यस वडामा ७ मतले एमाले विजयी भएपछि कांग्रेस-माओवादीका कार्यकर्ताहरुले धाँधली भएको आरोप लगाएका छन्।

वडा नम्बर ७ को मतपरिणाम सार्वजनिक गर्ने बेलामा पनि दुई छुट्टा-छुट्टै तथ्याङको प्रिन्ट सार्वजनिक भएको थियो। सार्वजनिक भएको फेक प्रिन्टमा रेनु दाहालको मत कम देखाइएको छ।

सुरुदेखि नै भरतपुर महानगरको मतगणनाको विषयलाई लिएर कांग्रेस-माओवादी र एमालेले असन्तुष्टी देखाउँदै आएका छन्। कुनै वडाको मतपरिणालाई लिएर कांग्रेस-माओवादी असन्तुष्ट देखिएका छन् त कुनै वडाको मतपरिणामलाई लिएर एमालेले असन्तुष्टी व्यक्त गरेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.