राजनीति : स्थानीय निर्वाचन २०७४

काठमाडौंका ६ स्थानीय तहमा कांग्रेस एमालेलाई  बराबर सिट, अन्य ५ कसले हासिल गर्ला जित
SHARES

जेठ ६, २०७४

    काठमाडौं: काठमाडौंका ११ स्थानीय तह मध्ये छ वटा स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । जस मध्ये ३ वटा तहमा कांग्रेस र ३ वटामा एमालेका उम्मेदवार विजयी भएका छन्। गोकणेश्‍व, दक्षिणकाली र नागर्जुनमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। त्यस्तै कीर्तिपुर,टोखा र शंखरापुर नगरपालिका प्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन्। काठमाडौं महानगरपालिकामा र बढानिलकण्ढ नगरपालिकामा धेरै मतका साथ एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् भने चन्द्रा गिरि नगरपालिकामा कांग्रेस उम्मेदवारले ठूलो मतान्तरका बीच अग्रता कायम गरेका छन्। तर अन्य दुई वटा नगरपालिकामा भने कांग्रेस र एमालेका उम्मेदवारहरु बीच निकै प्रतिस्पर्धा देखिएको छ।

    कहाँ कसको मत कति?

    कांग्रेश्‍वरी मनहोरा नगरपालिकामा कांग्रेस र एमाले उम्मेदवारहरु बीच जम्मा ४ मतको अन्तर रहेको छ।

    प्रमुख

    उपेन्द्र कार्की (कांग्रेस)– ३९२३

    कृष्ण थापा (एमाले)– ३५९३

    उपप्रमुख

    अनिता अधिकारी (कांग्रेस)– ३९५३

    विन्दु सिम्खडा (एमाले)३८३४

    तारकेश्‍वर नगरपालिका

    तार्केश्‍वर नगरापलिकामा समेत कांग्रेस र एमालेबीच निकै प्रतिस्पर्धा रहेको छ एमालेले अग्रता कायम गेता पनि जम्मा पाँच सय मतको मतान्तर रहेको छ।

    प्रमुख

    श्रीराम थापा (कांग्रेस)– ५९७४

    रामेश्‍वर बोहोरा  (एमाले)– ६४१७

    धनलाल महर्जन (माओवादी केन्द्र)– २१८४

    उपप्रमुख

    गीता न्यौपाने (कांग्रेस)– ५३२१

    भानु डोटेल  (एमाले)७४३३

    विना राना मगर (माओवादी केन्द्र)– १७८६

    चन्द्रा गिरि नगरपालिका

    चन्द्रा गिरि नगरपालिकामा भने ठूलो मतान्तरले कांग्रेस उम्मेदवारले अग्रता कायम गरका छन्। कांग्रेस उम्मेदवार र एमाले उम्मेदवार बीच २२सय मतको अन्तर रहेको छ।

     घनश्‍याम गिरि (कांग्रेस) — ६ हजार ४ सय ४१र५१५२

      प्रलहाद कार्की  (नेकपा एमाले — ४ हजार २ सय ४

     श्रीकृष्ण श्रेष्ठ (माओवादी केन्द्र) — २०३४

    उपप्रमुख

    इन्दिरा श्रेष्ठ (कांग्रेस) —५ हजार १ सय ५२

    लिसा नकर्मी (नेकपा एमाले)– ४ हजार ७ सय ६६

    उर्मीला रोका(माओवादी केन्द्र)– २१३५

    बुढानिलकण्ठ नगरपालिका

    बुढानिलकण्ढ नगरपालिकामा सुरु देखिने एमाले उम्मेदवारले अग्रता कायम गरेका छन्। यो नगरपापालिकामा एमाले र कांग्रेस बीच झण्डै २२ अंकको मतान्तर रहेको छ।

    प्रमुख

    राजु श्रेष्ठ (नेपाली कांग्रेस) — ३ हजार ६ सय 

    उद्धव खरेल (एमाले) — ५ हजार ७ सय ८४

    उपप्रमुख

    सुभद्रा खड्का (नेपाली कांग्रेस) —३ हजार ६ सय १६

    रमा राई  (एमाले) — ६ हजार ५५

    र काठमाडौं महानगरपालिका

    कांठमाडौं महानगरपालिकामा एमाले उम्मेदवारले ४ हजार मतान्तर कांग्रेस उम्मेदवारलाई पछि पारेका छन्। त्यस्तै कांग्रेस उम्मेदवराका पछि पछि भने विवेकशीलकी उम्मेदवार रहेकी छन्।

    प्रमुख

    विद्यासुन्दर शाक्य (एमाले)– १२ हजार ९ सय ८२

     राजुराज जोशी (कांग्रेस)– ८ हजार ९ सय १२

    रञ्जु न्यौपाने (विवेकशील)–५ हजार १ सय ८९

    किशोर थापा (साझा पार्टी)– ४ हजार ७२

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]