|

काठमाडौं : सरकारले मुलुकका १० स्थानमा पेट्रोलियम अन्वेषण गर्न पुन ग्लोबल टेण्डर गर्ने भएको छ। पेट्रोलियम अन्वेषणका लागि यसअघि भएका सबै प्रयास असफल भएपछि सरकारले नयाँ टेण्डर गरेर अन्वेषणलाई पुन अघि बढाउने भएको हो। यसका लागि नियमावली संशोधन गरेर प्रक्रिया अघि बढाइसकेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए। 

सरकारले सन् १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अघि बढाएको थियो। तर अन्वेषणको जिम्मा पाएका कम्पनीले काम नगरी लाइसेन्स मात्रै होल्ड गरे। अन्वेषणलाई अघि नबढाएपछि तत्कालीन उद्योग मन्त्री महेश बस्नेतले तीन वर्षअघि ती कम्पनीको अनुमति पत्र तथा सम्झौता खारेज गरेका थिइ। त्यसयता पेट्रोलियम अन्वेषण ठप्प भएको थियो। अब नयाँ प्रक्रिया अघि बढाइएको मन्त्री जोशीले जानकारी दिए।

उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागले आगामी असारभित्रै ग्लोबल टेण्डर गर्ने भएको छ। यसका लागि कागजात तथा मापदण्ड बनाइसकेको मन्त्री जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.