|

काठमाडौं : ३१ वैशाखमा सम्पन्न प्रदेश ३, ४ र ६ का २ सय ८१ स्थानीय तहमा भएको निर्वाचनको चार महानगर र एक उपमहानगर बाहेकको अन्तिम परिणाम शनिबार साँझसम्म आउने भएको छ।

निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न २ सय ८१ स्थानीय तहमध्ये चार महानगरपालिका, एक उपमहानगरपालिका र निर्वाचन स्थगित भएका दोलखाको मेलुङ र कालिकोटको नरहरिनाथ गाउँपालिका बाहेकको अन्तिम मत परिणाम शनिबार साँझसम्म आउने जानकारी दिएको हो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक वातावरण अनुकूल र हालकै अवस्थामा मतगणना भए चार महानगर काठमाडौं, भरतपुर, ललितपुर र पोखरा लेखनाथ तथा हेटौंडा उपमहानगर र निर्वाचन स्थगित भएका दोलखाको मेलुङ र कालिकोटको नरहरीनाथ गाउँपालिका बाहेकको अन्तिम मत परिणाम शनिबार साँझसम्म आइसक्ने बताए। महानगरपालिकाको मत परिणाम आउन भने अझै केही समय लाग्नेछ। ठूलो मतपत्र, धेरै वडा तथा सबै दलका प्रतिनिधिलाई मतपत्र देखाउदै सहमत गराएर गणना गर्नुपर्ने भएका कारण महानगरको परिणाम आउन अझै केही दिन लाग्ने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.