|

काठमाडौं : ललितपुर महानगरपालिकाको जारी मतगणनामध्ये २० हजार मतगणना भइसक्दा उपप्रमुखमा एमालेको चुनाव चिह्न सूर्यमा छ हजार १२६ मत खस्यो। चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसको चुनाव चिह्नमा खसेको मत के गर्ने भन्ने विषयलाई नै मुख्य मुद्दा बनाएर मतगणना गर्न ढिलाइ भयो। 

विवाद यतिमै सीमित छैन। काठमाडौं महानगरमा एमाले चुनाव चिह्न सूर्यमा खसेङ्कव मत पनि आफूले पाउनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले निर्वाचन आयोग विरुद्ध कानुनी उपचार खोज्ने नै बताए। सूर्य, रुख वा गाईमा आएका यस्ता मत परिणाम, अर्का दलका उम्मेदवारले दावी गरेको एउटै आधार हो चुनावमा भएको दलीय तालमेल। चुनावी तालमेलका कारण दलहरुले प्रमुख उपप्रमुखमध्ये एक एक पद बाँडेर उम्मेदवार खडा गरे। तर तालमेलमा रुष्ट मतदाताले सहमति अनुसार उम्मेदवारलाई मत दिएनन् बरु आस्था अनुसारका चिह्नमा मतदान गरे। फलस्वरुप उम्मेदवार नै नभएका चिह्नमा मत पर्‍यो। 

ललितपुरमा एमालेको उपप्रमुखको उम्मेदवार छैन। तर चिह्नमा दश हजार मत गन्दासम्म सूर्यमा छ हजार भन्दा बढी मत पाइएको छ। यस्तै काठमाडौंमा पनि एमालेको उपप्रमुखको उम्मेदवार छैन तर काठमाडौंमा पनि उपप्रमुखमा सूर्यले मत पाएको छ। 

ललितपुर र काठमाडौंमा मात्र होइन निकै चासोपूर्वक हेरिएको सत्तारुढ दलहरुको गठबन्धन भरतपुर महानगरपालिकामा पनि प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको मात्र उम्मेदवार छन्। तर भरतपुरमा पनि प्रमुखमा रुखमा समेत मत परेको छ। 

उम्मेदवार नभए पनि परेको मत बदर हुने अवस्थाको छैन। तर यस्तो मत गठबन्धनको अर्को उम्मेदवारले पाउने अवस्था पनि छैन। स्थानीय तह निर्वाचन निर्देशिका अनुसार यस्तो मत पनि बदर नै हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ती मतहरू समर्थनस्वरूप दिइएका होइनन्, स्पष्टरूपले विरोधमा दिइएका हुन्, नेतृत्वले निर्लज्ज भएर दुर्व्यसनमा खर्च गर्न नैतिक र कानुनी दुबै दृष्टिले पाउँदैन ।