|

काठमाडौं: काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा १० मा एमाले उम्मेदवार नवराज भट्टराई विजयी भएका छन्। काठमाडौं महानगर तथा नगरपालिकाहरुमा  अहिलेसम्म  आएका परिणाम अनुसार धेरै वडाहरुमा एमाले उम्मेदवारहरु विजयी हुदै गर्दा बुढानिलकण्ठ १० मा उनी विजयी भए।

तर भट्टराई धेरै मतान्तर कायम गरेर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार श्‍याम डोटेलले १ हजार ३३ मत ल्याउदा उनी २४ सय १० मत ल्याएर विजयी भएका हुन्। जस अनुसार उनी १३ सय ७७ मतान्तर कायम गरेर विजयी हुन सफल भए।

त्यति मात्रै होइन उनले खसेको मतको ४९ प्रतिशत भोट समेत ल्याएका छन्। विभिन्न पार्टी र स्वतन्त्र गरी १० जना उम्मेदवार वडाध्यक्षको लागि प्रतिस्पर्धा गरेकोमा उनी एक्लैले ४९ प्रतिशत भोट ल्याएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.