|
धादिङको निलकण्ठ नगरपालिका ७ बाट फरकफरक पार्टीबाट उम्मेदवार बनेका सासूबुहारी।

धादिङ : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन गत वैशाख १९ गते धादिङबेसीमा छुट्टै चर्चा थियो। चर्चाका पात्र थिए नीलकण्ठ नगरपालिका की चिनिमाया परियार र कल्पे परियार। देशैभरि भइरहेको उम्मेदवारी मनोनयको क्रममा उनीहरु चर्चित हुनुको कारण थियो, एकै घरका सासूबुहारी फरकफरक पार्टीबाट निर्वाचनमा होमिनु।

मतपरिणाम आउदा दुवैजना निर्वाचनमा भने पराजित भएका छन्। उम्मेदवारी दर्ता गर्दाको समयमा आफैँले जित्ने दाबी गरेकी एमालेको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार सासू चिनिमाया र माओवादी केन्द्रको उम्मेदवार बुहारी कल्पे दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाकुमारी विश्वकर्मा विजयी भइन्।

विजयी भएपछि मीनाले भनिन्, ‘दलितको हकअधिकार वकालत गर्न निर्वाचनमा सरकारले नै कोटा छुट्याएको थियो, त्यसको फाइदा उठाएँ, म कांग्रेसको तर्फबाट निर्वाचित भए पनि कुनै पार्टीलाई भेदभाव नगरी सबैलाई समेटेर अधिकारको पैरवी गर्नेछु।' चिनिमायाले ३ सय ९७ मत पाएकी थिइन् भने उनकी बुहारी कल्पेले ५ सय १ मत प्राप्त गरिन्। दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाले ६ सय ७० मत ल्याएर विजयी भइन्।

पराजित भए पनि आफूलाई कुनै दुःख नलागेको चिनिमायाले बताइन्। ‘मैले पहिलेदेखि नै सूर्यमा भोट हालेको भएर नेताहरूले तपाईं उठ्नुस् भन्नुभयो र चुनावमा उठें। जसले जिते पनि एकजनाले जित्ने हो, कुनै दःख लागेको छैन।' उनीहरूले उम्मेदवारी दिएको वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार गौतमहरि अधिकारीको प्यानल नै निर्वाचित भएको छ। गौतमहरिका दाइले नीलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको भए पनि उनले पछि कांग्रेसलाई समर्थन गरेको थियो।

आफूले पराजय बेहोरे पनि गाउँ समुदायमा राम्रो काम गरेर अर्को पटक जित्ने कल्पेले विश्वास छ। ‘चुनाव हो, एकजनाले मात्रै जित्छ, यो पटक जित्न सकिएन', कल्पेले भनिन्, ‘जसले जिते पनि गाउँ समाजकै लागि काम गर्ने हो, राम्रो काम गरेर अर्को पटकको चुनाव जित्नेछु।'

सिद्धलेक गाउँपालिकामा उम्मेदवारी दिएका आमाछोरी पनि दुवैजना पराजि भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सिद्धलेक गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी ज्ञानुमाया सिलवालले थोरै मत प्राप्त गरिन् भने उनकी छोरी सरिना सिलवाल भट्टराई सिद्धलेक गाउँपालिका १ को महिला सदस्यमा एमालेकी उम्मेदवारसँग पराजित भइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.