|

काठमाडौं : वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये २ सय ५६ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ।

जसमा एमालेले १०५, कांग्रेसले ९८, माओवादी केन्द्रले ४६ र नयाँ शक्ति, राप्रपा, नेमकिपा तथा राष्ट्रिय जनमोर्चाले एक-एक स्थानमा जित हात पारेका छन्। बाँकी ३ तहमा स्वतन्त्र उम्मेदवार विजयी भए। अब २७ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ। जसमा एमालेले १३ र कांग्रेसले ११ स्थानीय तहमा अग्रता लिएका छन्।

एमालेले अग्रता लिएका स्थानीय तहहरु :

  1. काठमाडौं महानगरपालिका, काठमाडौं
  2. बुढानीलकण्ठ नगरपालिका, काठमाडौं
  3. तारकेश्वर नगरपालिका, काठमाडौं
  4. भरतपुर महानगरपालिका, चितवन
  5. खैरहनी नगरपालिका, चितवन
  6. राप्ती नगरपालिका, चितवन
  7. रत्ननगर नगरपालिका, चितवन
  8. कालिका नगरपालिका, चितवन
  9. बेलकोटगढी नगरपालिका, नुवाकोट
  10. नमोबुद्ध नगरपालिका, काभ्रे
  11. धुलिखेल नगरपालिका, काभ्रे
  12. पोखरा लेखनाथ महानगरपालिका, कास्की
  13. कालिका गाउँपालिका, कालिकोट

 

कांग्रेसले अग्रता लिएका स्थानीय तहहरु :

  1. कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
  2. चन्द्रागिरि नगरपालिका, काठमाडौं
  3. महालक्ष्मी नगरपालिका, ललितपुर
  4. ललितपुर महानगरपालिका, ललितपुर
  5. मध्यपुर थिमी नगरपालिका, भक्तरपुर
  6. सूर्य विनायक नगरपालिका, भक्तपुर
  7. चाँगुनारायण नगरपालिका, भक्तपुर
  8. हेटौंडा उपमहानगरपालिका, मकवानपुर
  9. इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
  10. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
  11. शारदा नगरपालिका, सल्यान

 

चुनाव हुन बाँकी २, गणना सुरु नभएको १

  1. खार्पुनाथ गाउँपालिका, हुम्ला, मतगणना सुरु हुन बाँकी (शुक्रबार चुनाव भएको)
  2. नरहरिनाथ गाउँपालिका, कालिकोट, नन्दादेवी मावि शेरापाटा केन्द्रमा निर्वाचन आइतबार
  3. मेलुङ गाउँपालिका, दोलखा, निर्वाचन आइतबार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Madhyapurthimi ma yemale (uml)aagi xa