|

दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भएको दोहोरो भिडन्तमा ४० जनाको मृत्यु भएको छ। दक्षिण सुडानका सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडप भएको र त्यसमा ४० जनाको मृत्यु भएको जानकारी दिएका छन्।

सरकारी सेनासँग भएको उक्त झडपमा विद्रोही समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताएका छन्।

घटनामा ५ जना सरकारी सेना सामान्य घाइते भएको गटलाउकले जानकारी दिए। विद्रोहीतर्फ भने ठूलो संख्यामा घाइते भएको उनले जनाए।

दक्षिण सुडानको सीमा क्षेत्रमा रहेको एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले सरकारी सेना मारिएपछि सेनाले सैन्य कारबाही गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.