|

उदयपुर :  पहिलो चरणको निर्वाचनमा धेरै मत बदरको समाचार सुनेका उदयपुरका राजनीतिक दलले अहिले उदयपुरमा मतदाता शिक्षालाई जोड दिन थालेका छन्। दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा राजनीतिक दलहरु नै आफैं मतदाता शिक्षामा जोड दिन लागेका हुन्।

स्थानीय तहको पहिचोचरणको निर्वाचन सकिएलगत्तै जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुरका राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा समेत उत्सापूर्वक जुटेका छन्।

राजनीतिक दलहरु अहिले  निर्वाचन लक्षित अभियानलाई लिएर पुन गाउँ गाउँमा पुग्न तीव्रता दिएका छन्। नेकपा माओवादी केन्द्र चुनावी अभियानअन्तरगत मतदाता शिक्षा र नमुना मतपत्र लिएर मतदाताको घरदैलोमै पुगेको छ।

पार्टीका जिल्ला संयोजक विनोद कटुवाल ‘दिवस’ ले मतदाताहरुले स्थानीय तहको निर्वाचनको महत्व, आवश्यकतालाई राम्ररी बुझून् र मतदान गर्दा नविगारुन् भन्ने हेतुले मतदाता शिक्षामा जोड दिइएको बताए। ‘यसका साथै जनगर्विय संघसंगठनहरुको सम्मेलन, बैठकसमेत जारी राखिएको छ। ‘जिल्लाका चारवटै गाउँपालिका र चारवटै नगरपालिकामा अभियान तीव्र पारिएको छ’ कटुवालले भने।

‘त्यसैगरी नेकपा एमालेले चुनावी अभियानअन्तरगत वडातहमा पुगेर घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। पार्टीका जिल्ला उपाध्यक्ष विमल कार्कीले निर्वाचनको महत्व बुझाउन र जनताको मन जित्न वडातहका मतदातासँगको घरदैलो कार्यक्रम प्रभावकारी हुने बताए। उनले स्थानीय संगठनहरुलाई सक्रिया पार्दै जनताबीच चुनावी प्रचारका काम भइरहेको बताए।

 साथै स्थानीय एजेण्डाहरुको पहिचान गरी संस्थागत गर्ने काम भइरहेको उनले बताए। त्यसैगरी, नेपाली कांग्रेसले चुनावी अभियानमा गाउँगाउँमा प्रचार समिति गठन र सक्रिय पार्दै प्रचारको कामलाई प्राथमिकता दिएको जनाएका छन।

प्रचारको माध्यमबाट जनतामा चुनावी सन्देश प्रवाह गर्न महत्वपुर्ण पक्ष रहेकोले प्रचार समितिहरुलाई सक्रिया पारिएको जिल्ला निर्वाचन प्रचार विभाग प्रमुख मदन कटुवालले बताए।

 उनले प्रचारका साथ कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रम र मतदाता शिक्षालाई जोड दिइएको बताए। घोषणा पत्र गाउँगाउँमा पठाउने र चनावी प्रचारलाई अगाडी बढाउने काम तीव्र रुपमा अगाडि बढाइएको कटुवालले बताए।

यसका साथै अन्य पार्टीहरु पनि चुनावी अभियानमा तीव्र रुपले लागि परेका छन्। संगठन विस्तार र प्रचारप्रचारलाई व्यापक बनाउँदै उम्मेदवार चयनका लागि तीव्र अभ्यास पनि गरिरहेको जनाएका छन्। पहिलो चरणको निर्वाचनअघि नै तीव्र तयारीमा रहेका सबै दलहरु दोस्रो चरणमा निर्वाचन सरेपछि केही दिन सुस्ताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.