|

 रुपन्देही : नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण शाखाले ३ महिनासम्म १० हजारभन्दा बढी बक्यौता तिर्न बाँकी ३ सय ४४ ग्राहकको लाइन काटेको छ। विद्युतको बक्यौता तिर्न बाँकी रहेका ३ सय ४४ ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण शाखाका कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए।

३ सय ४४ ग्राहकबाट ७५ लाख ५४ हजार २ सय ९४ रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए। कार्यालयले गत आर्थिक वर्षको सहित ३ सय ४० ग्राहकबाट भने बक्यौता उठाएको छ।  आर्थिक वर्ष ०७२/०७३ का केही ग्राहक र अन्य तीन महिनाको अवधिमा गरी ३ सय ४० ग्राहकबाट १ करोड ८ लाख ८५ हजार ६ सय ८ रुपैयाँ बक्यौता उठेको उनले बताए।

३ सय ४४ ग्राहकमध्ये अझै पनि कतिपयले बक्यौता शुल्क तिर्नुपर्ने र उठेको रकम पुरानाका ग्राहक पनि समावेश भएको कार्यालयले जनाएको छ। फागुनको दोस्रो सातादेखि लाइन काट्न सुरु गरेको वितरण शाखाले जेठसम्म पनि लाइन काटिरहेको छ।

नियमअनुसार बिल भुक्तानीका लागि लगिएको बिल पेसपश्चात ६१ दिनपछि विद्युत्को लाइन काटिने प्रावधान रहे पनि आफूहरुले सेवाग्राहीको सुविधाका लागि ३ महिनाको अवधिपछि मात्र लाइन काट्न थालिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए। ३ महिना पुगेको र १० हजारभन्दा बढी महसुल तिर्न बाँकी ग्राहकहरुलाई प्राधिकरण बुटवल वितरण शाखाले महसुल तिर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.