|

दमक  : झापाको दमकमा रहेको महिला सशक्तीकरण केन्द्र नेपालले घरेलु हिंसामा परेका बालबालिकाको शिक्षाका लागि २ लाख १० हजार बराबर आर्थिक सहयोग गरेको छ। दमक आपसासमा रहेका घरेलु हिंसाबाट पीडित ७ जनालाई पढाइ खर्च वापत २ लाख १० हजार सहयोग गरिएको संस्थाले जनाएको छ। संस्थाले शनिबार दमकमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

 संस्थाले गौरादहकी घरेलु हिंसाबाट पीडित सन्ध्या पोखरेललाई उच्च शिक्षा अध्ययनका लागि १ लाख ५० हजार सहयोग गरेको संस्थाकी अध्यक्ष भूमिका कोइरालाले बताइन्।संस्थाले यसअघि पनि उनलाई विभिन्न समयमा सहयोग गर्दै आएको थियो।

उनी स्टाप नर्सकी विद्यार्थी हुन्। यस्तै संस्थाले दमक– १ की पासाङ चोमु शेर्पालाई उनको उच्च शिक्षावापत १२ हजार, त्यस्तै कमल गाउँपालिकाकी–२ खुस्वु हरिजनलाई १४ हजार, दमक ५ की सुष्मा अछामीलाई १४ हजार मोरङ टाँडी घर भई हाल दमक बस्ने रुषा श्रेष्ठ, रजनी श्रेष्ठ र रुपेश श्रेष्ठलाई संयुक्त रुपमा २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष कोइरालाले बताईन्।

उनले भनिन्, ‘घरेलु हिंसामा परेर पढ्नबाट वञ्चित भएका ११ जना बालबालिकालाई हामीले विगत ५ वर्ष अघिबाट प्रत्येक वर्र्ष उनीहरुको पढाइका लागि सहयोग गर्दै आएका छौं।’ आफूहरुले सहयोग गर्न नसकेका बालबालिकाहरुलाई अन्य ठाउँमा सिफारिस गरेर भए पनि उनीहरुको पढाइका लागि सहयोग गर्दै आएको उनले बताइन्।

अध्यक्ष कोइरालाले भनिन्, ‘कतिपय बालबालिकाको आमा–बुबानै छैनन् यस्ता बालबालिकालाई हामीले राख्न नसक्ने भएकाले अरु ठाउँमा सिफारिस गरेर पढ्नका लागि होस्टेलमा राख्न सहयोग गर्दै आएका छौं।’ घरेलु हिंसामा परेर पढाइबाट वञ्चित भएकालाई पढाइमा सहयोग गर्नु आफूहरुको उद्देश्य रहेको संस्थाकी सचिव सुमित्रा वाङ्देल चेलीले बताइन्।

उनले भनिन्, ‘हाम्रो उद्देश्य समाजमा हिंसा अन्त्य गर्नु हो, त्यसका लागि शिक्षाको आवश्यक पर्छ, त्यसका लागि घरेलु हिंसामा परेकालाई सहयोग गरेका हौं।’ यस्ता खाले शिक्षाले आफूहरु जस्ता घरेलु हिंसापीडितलाई धरै सहयोग पुग्ने पासाङ चोमु शेर्पाले बताइन्।

उनले भनिन्, ‘घरेलु हिंसाका कारण हामीले पढ्न नपाउने अवस्था छ, तर यस्ता संस्थाहरुले सहयोग गर्दा धेरै सहज भएको छ, हामीले पढाइ खर्च पुर्‍याएर पनि आफ्ना आवश्यकतासमेत पूर्ति गर्न सकेका छौं।’

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.