प्रमुखमा कांग्रेसका सुवेदी, उपप्रमुखमा एमालेकी ढकाल विजयी

|

  • सविता जिसी-

सुर्खेत : प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा पाएको सुर्खेतको सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगरमा मिश्रित नतिजा आएको छ। वीरेन्द्रनगरको प्रमुखमा नेपाली कांग्रेसका देवकुमार सुवेदी विजयी भएका छन्।

उपप्रमुखमा नेकपा एमालेकी मोहनमाया ढकाल विजयी भएकी छन्। वीरेन्द्रनगरको प्रमुखमा नेपाली कांग्रेसका देवकुमार सुवेदी ५ सय ६ मतको अन्तरले विजयी भएका हुन्। सुवेदीले १४ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार ९९ मत प्राप्त गरेका छन्। यस्तै माओवादी केन्द्रका प्रमुखका उम्मेदवार रत्नबहादुर गाहाले ५ हजार २ सय ३७ मत प्राप्त गरेका छन्।

सुवेदी नेपाली कांग्रेस वीरेन्द्रनगरका नगर सभापतिसमेत हुन्। यता वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा मिश्रित नतिजा आएको छ। प्रमुखमा नेपाली कांग्रेसका सुवेदीले जित हात पार्दा उपप्रमुखमा भने नेकपा एमालेले विजय हासिल गरेको छ।

वीरेन्द्रनगरको उपप्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल विजयी भएकी छन्। उनले १६ हजार ६८ मत प्राप्त गरेकी छन्। यस्तै, उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरेकी छन्। यस्तै  माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन्।

वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा विजयी भएकी ढकाल अनेम संघ सुर्खेतकी अध्यक्ष र अन्तरपार्टी महिला सञ्जाल सुर्खेतकी पूर्व अध्यक्षसमेत हुन्।

१६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको ९ वटा वडामा नेकपा एमाले, ६ वटा वडा नेपाली कांग्रेस र १ वटा वडामा माओवादी केन्द्रले जितेको छ।

यससँगै सुर्खेतका सबै स्थानीय तहको मतपरिणाम टुंगो लागेको छ। जिल्लाका ९ वटा स्थानीयत तहमध्ये नेपाली कांग्रेसले ६ वटा तह र नेकपा एमालेले ३ वटा तहमा विजय हासिल गरेको छ।

यी हुन्, वीरेन्द्रनगरका वडा अध्यक्षहरु

१. नेकपा एमाले गंगाराम सुनार

२. नेकपा एमाले बलबहादर रोकाय

३. नेपाली कांग्रेस भुपेन्द्र केसी

४. नेकपा एमाले निलकण्ठ खनाल

५. नेपाली कांग्रेस राजबहादुर गुरुङ्ग

६. नेपाली कांग्रेस मोती कँडेल

७. नेपाली कांग्रेसका धु्रव चपार्इं

८. नेकपा एमालेका थमप्रसाद गौतम

९. नेपाली कांग्रेसका सुरेश मानरन्धर

१०. नेकपा एमालेका रत्नबहादुर बुढा

११. नेकपा एमाले नन्दलाल शर्मा

१२. नेकपा एमाले लोकप्रसाद चालिसे

१३. नेकपा एमाले भुपेन्द्र दर्लामी

१४. नेकपा माओवादी केन्द्रका टोपबहादुर दर्लामी

१५. नेकपा एमाले पुनबहादुर पुलामी

१६. नेपाली कांग्रेसका पूर्णबहादुर ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.