|

मदन भण्डारीको हत्या भएको चौबीस वर्ष बित्यो। नाम सुन्ने मान्छेका लागि मदन भण्डारी साहसी र कुशल वक्ता हुनुहुन्थ्यो। त्योभन्दा पनि ठूलो कुरो उहाँ मार्क्सवादको सारलाई बुझ्ने र त्यसलाई नेपाली वास्तविकतामा उतार्ने नेता हुनुहुन्थ्यो। तर दुःखको कुरो, उहाँले अघि सार्नुभएको यो आरम्भलाई अरूको त कुरो छोडौँ, उहाँकै उत्तराधिकारीले पनि अघि बढाउन सकेनन्।

वामवृत्तभन्दा बाहिरका मान्छेलाई कम्युनिस्ट पार्टीभित्रको सिद्धान्त, विचार जस्ता विषयको गहिराइ थाहा हुँदैन। मार्क्सवाद भन्नेबित्तिकै उनीहरूको दिमागमा अधिनायकत्व चढिहाल्छ। परम्परावादी सोच भएका तिनीहरू नयाँ विषय आत्मसात गर्न चाहँदैनन्। त्यसैले मैले त्यताको कुरा गरिनँ। उसै पनि वामवृत्तको समस्या वामहरूले नै समाधान गर्नुपर्छ। तर दुःखको कुरो, वामवृत्तका राजनीतिक नेताहरू पनि आपूmमाथि लागेको आरोपको खण्डन गर्न जाँगर देखाउँदैनन्। के साँच्चै मार्क्सवादको परिचय अधिनायकत्व हो? कार्लमार्क्स स्वयंले यसको उत्तर दिनुभएको छ। हामीले रफ्फु भर्नै नपर्ने गरी उत्तर दिनुभएको छ।

कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन सन् १८४८ मा भयो। यो सबैले जानेकै कुरा हो। त्यो घोषणापत्र तयारीको सन्दर्भमा कार्लमार्क्सले समाज विज्ञानको विशद् अध्ययन गर्नुभयो। छोटाछोटा निबन्धहरू पनि तयार गर्नुभयो। त्यही सन्दर्भमा सन् १८४७ मा उहाँले लेख्नुभएको छ, ‘हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन्।

यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन्। उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ। तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन। एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ सावित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्‍याउन सकून्।’
अर्थात, कार्ल मार्क्सको समयमा पनि थरीथरीका कम्युनिस्ट थिए। कम्युनिस्टहरू उतिबेला पनि सैद्धान्तिक, राजनीतिक बहस गर्थे। त्यो बहसमा कम्युनिस्ट पार्टीको सैद्धान्तिक, राजनीतिक, बैचारिक पाटोको सही परिचय दिन नै कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारियो। अहिले पनि संसारभरका मार्क्सवादीहरूका लागि त्यही घोषणापत्र आफ्नो परिचयको आधार भएको छ।

त्यसैले नेपालको वाम आन्दोलनलाई पनि हामीले त्यही घोषणापत्रको आधारमा बुझ्नुपर्छ, व्याख्या गर्नुपर्छ र व्यवहार गर्नुपर्छ।

मार्क्सले कम्युनिस्टहरूलाई दुई खेमामा बाँडेका छन्। एउटा त्यस्तो खेमा, जो वैयक्तिक स्वतन्त्रताको विरोधी हुन्छ। त्यसका लागि व्यक्तिको हैसियत वस्तुको जस्तो हुन्छ। अर्को त्यस्तो खेमा, जो वैयक्तिक स्वतन्त्रको सम्मान गर्छ मात्र होइन, त्यसलाई सत्ता सञ्चालनको मूल आधार मान्छ। त्यति मात्र होइन, मार्क्सले सबैले बुझ्ने भाकामा लेख्नुभएको छ, ‘एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ सावित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्‍याउन सकून्।’

मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीककरण गरे– यो सबैले बोल्ने लेख्ने गरेको भाका हो र सत्य पनि हो। एमालेले लोकतन्त्र, बहुलवादलाई स्वीकार गरेको हुनाले अब एमाले संशोधनवादी भयो भनेर त्यतिबेला होहल्ला मच्चाउनेहरूले अज्ञानी तर्क प्रस्तुत गरेका थिए। त्यो संशोधनवाद थिएन। त्यो थियो, मार्क्सवादको सही बुझाइ।

यति प्रष्टताका साथ अर्को कसले प्रजातन्त्र र राज्य, प्रजातन्त्र र नागरिक र त्यसभित्र दलहरूको भूमिकाबारे व्याख्या गरेको छ?

नेपालमा मदन भण्डारी सबैभन्दा माथि हुनुको कारण पनि यही हो। मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीककरण गरे– यो सबैले बोल्ने लेख्ने गरेको भाका हो र सत्य पनि हो। एमालेले लोकतन्त्र, बहुलवादलाई स्वीकार गरेको हुनाले अब एमाले संशोधनवादी भयो भनेर त्यतिबेला होहल्ला मच्चाउनेहरूले अज्ञानी तर्क प्रस्तुत गरेका थिए। त्यो संशोधनवाद थिएन। त्यो थियो, मार्क्सवादको सही बुझाइ।

अहिले पनि पढ्नुपर्दा चित्त दुख्ला धेरैलाई। तर कुन कुरो सत्य हो भने नेपाली वाम अथवा कम्युनिस्ट राजनीतिमा मदन भण्डारीले नै पहिलो पटक मार्क्सवादलाई सही रूपमा अभ्यास गर्ने काम आरम्भ गर्नुभएको थियो। त्यसैले उहाँले प्रष्टताका साथ भन्न सक्नुभएको थियो– ‘जनतालाई काम नलाग्ने सिद्धान्त पार्टीलाई पनि काम लाग्दैन।’ अथवा ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ।’ यो सिद्धान्त स्वयं मार्क्सवादप्रति पनि लक्षित छ। सामाजिक विविधताका कारण मार्क्सवाद विश्वका सबै मुलुकमा जस्ताको तस्तै लागू हुँदैन। देश, काल, परिस्थितिअनुसार त्यसको प्रयोग हुन्छ।

र्क्सवादको साझा आधार भनेको समाजवाद हुँदै साम्यवादसम्म जानु हो।

अहिले मदन भण्डारी हामीसँग हुनुहुन्न। तर नेकपा एमाले मात्र होइन, वर्तमान नेपालको राजनीतिमा पनि उहाँका विचारहरू सर्वोच्च स्थानमा छन्। २०४७ सालको संविधानको आलोचना गरिएको २७ बुँदे दस्तावेज अहिले पनि जीवित छ। हो, त्यतिबेला उहाँले सङ्घीयताको कुरा गर्नुभएन। उहाँले संपूर्ण विकेन्द्रीकरणको प्रस्ताव अघि सार्नुभएको थियो। जनतालाई सार्वभौमसत्ता संपन्न बनाउन आफ्नो जीवनकालमा उहाँ सबैभन्दा बढी लाग्नुभयो।

त्यतिबेलाका गाउँ विकास समिति र नगरपालिकालाई अधिकारसंपन्न बनाउने प्रस्ताव उहाँले नै गर्नुभएको थियो। धर्मनिरपेक्ष राज्यको अवधारणा उहाँबाटै निःसृत थियो। ‘राजा हिन्दु हुँदा राज्य हिन्दु हुनसक्छ, तर राज्यमा जनताको सार्वभौमसत्ता कायम भएपछि राज्य हिन्दु हुनुहुँदैन। किनभने नेपालका शत प्रतिशत जनता हिन्दु छैनन्’ यो उहाँको निष्कर्ष थियो। यो छोटो टिप्पणीमा मदन भण्डारीको विषद् चर्चा गर्न सकिँदैन। तर कुन कुरा सत्य हो भने अहिलेको नेपालमा मदन भण्डारीको नजिक पुग्ने एक जना पनि नेता छैनन्।

मार्क्सवादविरोधीहरूले उहाँको क्षमता चिने। यो चिनाइको पहिलो अभिव्यक्ति अमेरिकी पत्रिका न्युजविकमा छापिएको ‘कार्लमार्क्स नेपालमा जीवित छन्’ नै हो। उतिबेला केके न पाइयो भनेर हामी फुरुङफुरुङ भयौँ तर मदनको क्षमता चिनेका बैरीहरूले दासढुङ्गाको भीरबाट उहाँलाई खसालेर मारे।

तर अत्यन्तै दुःखको कुरो, स्वयं उहाँका साथीहरूले उहाँको प्रतिभा चिन्न सकेनन्। अहिलेसम्म पनि नयाँ जनवादको धङधङीमा बाँचेको एमालेले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई बिर्सियो।

आउनुस्, हामी मदन भण्डारीलाई चिन्ने कोशिसमा लागौँ। उहाँलाई चिनाउने सुन्दर कृतिहरू उहाँले हामीलाई सुम्पिएर जानुभएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.