|

सिन्धुपाल्चोक :  मेलम्ची नगरपालिका ९ पिपलटारमा बालुवा बोकेको बा २ ख ३१२२ नम्बरको मिनिटाटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोही ठाउँकी ५० वर्षीया डिलमायाँ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताएका छन्। मिनीटाटा ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा नै पल्टिएको हो।

तामाङको घटनास्थलमा नै बालुवाले पुरिएर मृत्यु भएको हो। सवारी चालकको हातमा चोट लागेको छ। घाइतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.