|

  •  भविश्वर पाण्डे

कावासोती : नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाल विजयी भएको घोषणा जेठ २ गते भएको थियो। निर्वाचन अधिकृत हरिलाल पुरीले मत परिणाम सुनाउँदै उनी निर्वाचित भएको घोषणा गरे।

त्यसपछि विन्दा नेपाल विजय जुलुसमा सहभागी भइन्। उनले मतदातालाई धन्यवाद् दिइन् र मतदाताको बधाई लिइन्। अझै बधाई सन्देशहरु आइरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम घोषणा गरेको तेस्रो दिन नेपालसहित सबै विजयी उम्मेवारलाई सपथ खुवाउँदै निर्वाचन अधिकृतले प्रमाणपत्र समेत वितरण गरेका थिए। जेठ ४ गते बिहान उनले सपथ लिइन्। साँझ निर्वाचन आयोगले उनको प्रमाणपत्र खोस्ने निर्णय लियो।  

सपथ खाएको साँझ एमाले कार्यकर्ताले विरोध गर्दै गाउँपालिकाको कार्यालयमा ताला लगाएपछि निर्वाचन अधिकृतले पुन मतपरिणाम नियालेका थिए। मतपरिणाम पुनरावलोकन गर्ने क्रममा विन्दा नेपालको भन्दा एमालेकी पुष्षा आलेको मत धेरै देखिएपछि उनको प्रमाणपत्र खोसिएको कांग्रेसबाट निर्वाचित वडा सदस्य मुरारी घिमिरेले बताए।

घिमिरेका अनुसार नेपालले विजयी भएर पाएको प्रमाणपत्र स्थानीय पसलमा लेमिनेशन गर्न दिएकी थिइन्। पसलैबाट निर्वाचन अधिकृतले प्रमाणपत्र लिएर गएको घिमिरेले बताए। एमालेकी पुष्पा आले निर्वाचित हुनुपर्नेमा मत जोड्दा त्रुटी भएको भन्दै निर्वाचन अधिकृत पुरीले नेपालको प्रमाणपत्र पसलबाट फिर्ता लिएर गएको घिमिरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Yo parkriya anuchit lageyo karyvahi tw sabai lai hunu pareyo nirbachan adhikrit ani sarbadaliya karykarta ko pani tw vote ginti ma upasthiti hune hoina rw? Kasari huna sakxa yesto.