|

दोलखा : दोलखाको मेलुङ गाउँपालिका १ को सप्तेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार निर्वाचन गरिएको छ। वैशाख ३१ गते प्रहरीको गोली लागेर स्थानीय मतदाता नकुल भुजेलको मृत्यु भएपछि स्थगित गरिएको मतदान आइतबार गरिएको हो। आइतबार बिहानदेखि शान्तपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ।

निर्वाचनका लागि नेपाली सेना,  नेपाल प्रहरी, ससश्त्र प्रहरी र म्यादी प्रहरी गरी ४०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान अधिकृतको जिम्मेवारी पनि सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाललाई दिइएको छ। सातवटा वडा रहेको यस गाउँपालिकाको अरु सबै मतदान केन्द्रमा निर्वाचन भइसकेको छ। एउटा केन्द्रको चुनाव गर्न बाँकी रहेकाले मतगणना सुरु गरिएको छैन। आइतबार मतदान सकिएपछि साँझदेखि नै मतगणना सुरु गर्ने तयारी छ।

नौ वटा स्थानीय तह रहेको दोलखामा आठ वटाको नतिजा आइसकेको छ। जसमा दुईवटा गाउँपालिकाको अध्यक्ष पद र १८ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने नेकपा माओवादी केन्द्रले २ वटा गाउँपालिकाको उपाध्यक्ष र १० वटा वडा जितेको छ। नेकपा एमालेले भने २ नगरपालिका प्रमुख र उपप्रमुख, ४ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा ३९ वटा वडा अध्यक्ष जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.