|

जनकपुरधाम : संविधान संशोधन बिना मधेसमा स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै जनकपुरमा केही युवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्। जनकपुरमा पोलिटब्यूरो बैठक सिध्याएर अर्को एक कार्यक्रममा सहभागी हुन जान लागेको समयमा प्रधानमन्त्री प्रचण्डलाई जनकपुरका केही युवाहरुले कालो झण्डा देखाएका छन्।

माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड जनकपुरको भानु चोकस्थित युवाहरुले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए। युवाहरुले संशोधन बिनाको चुनाव खारेज गर, झुठा मुद्दा फिर्ता गर लगायतका नाराहरु लगाएका थिए।

कालो झण्डा देखाउने क्रममा प्रहरीले ६ जना पक्राउ समेत परेका छन्। पक्राउ पर्नेहरुमा सरोज मिश्र,  सुशील कर्ण, दिपेन्द्र साह, नविन यादव, धर्मेन्द्र साह, प्रशान्त झा, जानी खान, नवीन यादव लगायतका युवाहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन्। हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.