|

जनकपुरधाम : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको चुनावमा जस्तै दोस्रो चरणको निर्वाचन समेत तोकिएकै मितिमा हर्षोउल्लासपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन्। उनले निर्वाचन नहुनेमा कुनै शंका नगर्न आग्रह गर्दै मधेसको समस्या सामाधान र संविधान संशोधन पश्चात दोस्रो चरणको निर्वाचन सम्पन्न हुने बताएका हुन्।

आइतबार माओवादी केन्द्रको पोलिटव्यूरो समितिका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर आएका प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल समेत सहभागी हुनेमा विश्वास व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सञ्चारकर्मीको एक जिज्ञासामा मधेसको सम्पूर्ण माग एकै चोटी पूरा नभए पनि क्रमबद्ध रुपमा मधेसको मागलाई सम्बोधन गर्ने पक्षमा सरकारले गम्भीर रहेको बताएका छन्। उनले अहिले जनताले राष्ट्र निर्माणमा लाग्न राजनीतिक दलको प्रेरक बनेको बताउदै तीनै तहको निर्वाचन पछि राष्ट्रले विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.