|

हुम्ला : बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा हुम्ला जिल्लाका सातवटा गाउँपालिका र ४४ वडाबाट २२८ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

पहिलो चरणको निर्वाचनमा हुम्ला जिल्लाबाट चारवटा गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष र एक उपप्रमुखसहित चार, नेपाली कांग्रेस दुई अध्यक्षसहित एक उपप्रमुख र एक अध्यक्ष, दुई उपप्रमुखसहित तीनवटा पदमा एमालेका  उम्मेदवार विजयी भएका छन् भने स्तन्त्रबाट दुई उपप्रमुख पदमा विजय भएका छन्।

जिल्लाको समग्र अवस्था हेर्दा माओवादी केन्द्रका वडा अध्यक्ष १९, नेपाली कांग्रेस १२, एमाले नौ र स्वतन्त्रबाट चार जना प्रतिनिधि चयन भएको हुम्ला जिल्ला मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए। 

हुम्लाको उत्तरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा  भने छवटै वडामा लामा बस्तीको बाहुल्य भएकाले गाउँपालिकामा दलित समुदाय नभएका कारण दलित महिला शून्य भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.