|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ। हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले हराउँदै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो। उत्कृष्ट बलिङ गर्दै मुम्बईले १२९ रनको पनि रक्षा गर्‍यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर दुई विकेट लिए।

अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो। तर उसले ९ रन मात्रै जोड्न सक्यो र १२८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन्। मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले कुनाल पाण्डेको ४७ रन मद्दतमा १२९ रन बनाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.