|

काठमाडौं: सरकारले संविधान कार्यन्वयनलाई मुख्य प्राथमिकतामा राखेर तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ। संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना समहितका प्राथमिकताप्राप्त र सर्वाधिक महत्वका आयोजनाहरु सम्पन्न गर्ने  नीति अख्तियार गर्ने  जनाएको छ।

संवधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। त्यसै अनुरुप राष्ट्रपति विद्यादेवी  भण्डारीले सरकारो नीति तथा कार्यक्रम यसै साता संसदमा पेश गर्नेछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आइतबार  मन्त्रिपरिषदबाट पारित नीति तथा कार्यक्रमबारे राष्ट्रपित भण्डारीलाई जानकारी गराएका छन्। यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारी नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.