|

काठमाडौं : आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताए। 'दोस्रो चरणको निर्वाचनका लागि अब धेरै समय छैन, मतपत्र छपाइ, मतदाता परिचयपत्र छपाइको काम सम्पन्न भएर जिल्लामा पठाइसकेका छौँ,' आयुक्त दाहालले भने, 'अब नयाँ स्थानीय तहको संख्या थपेर जेठ ३१ मा चुनाव सम्भव छैन।'

७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा वैशाख ३१ गते नै निर्वाचन भइसकेको छ। अब प्रदेश नम्बर १, २, ५ र ७ का ४१ जिल्लाका ३ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.