|

जुम्ला : यहाँको तिला र हिमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले देश र जनताको नाममा सपथ ग्रहण गरेका छन्। तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष विष्णु बुढा र हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमाली रोकायाले सपथ ग्रहण गरेका हुन्।

तिला गाउँपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद पौडेल र हिमा गाउँपालिकाका निर्वाचन अधिकृत रुद्रपसाद आचार्यले विजयी पदाधिकारीहरुलाई सपथ ग्रहण गर्न लगाए। सपथ ग्रहण गराउनुका साथै निर्वाचन अधिकृत द्वोय पौडेल र आचार्यले प्रमाणपत्र प्रदान गरेका थिए। त्यसैगरी, तिला गाउँपालिकाका नौ वडाका वडाध्यक्षहरुलाई निर्वाचन अधिकृत पौडेल र हिमा गाउँपालिकाका सात वडाका वडाध्यक्षहरुलाई निर्वाचन अधिकृत आचार्यले छट्टाछुट्टै सपथ ग्रहण गराए।

दुवै गाउँपालिकाका अध्यक्षहरुले भने निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराए थियो। निर्वाचन अधिकृत द्वोयले चुनावमा विजयी दुवै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी र अन्य सदस्यहरुलाई जनताको सेवक भएर काम गर्न सल्ला दिदै नयाँ कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। तिला र हिमा गाउँपालिकाका अध्यक्ष द्वोय रतननाथ योगी र रजबहादुर शाही, उपाध्यक्ष द्वोय विष्णु बुढा र हिमाली रोकायाले जनताको साझा चौतारी भएर काम गर्ने बताए।

जनताको अमूल्य मतले यो ठाउँमा पुगेको छु भन्दै उनले भने 'बढी समस्या भएको ठाउँमा खोज तलास गरी त्यो समस्य समाधान गर्ने छु।' दुवै गाउँपालिकामा अध्यक्ष उपाध्यक्षहरुले आइतबारदेखि आफ्नो पदभार सम्हालेका छन्।

यसैगरी, चन्दननाथ नगरपालिकाकाबाट प्रमुखमा निर्वाचित कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने महत, र वडा अध्यक्षहरुको पदबहाली भएको छ।

त्यसैबीच, चन्दननाथ नगरपालिकाकाकी प्रमुख कान्तिका सेजुवालले उनीहरुलाई वडा सदस्यहरुलाई सपथ ग्रहण गरेका हुन्। यसको साथै चन्दननाथ नगरपालिकाले नव निर्वाचित पदाअधिकारीहरुको स्वागत गरिनुका साथै साँचो हस्तान्तरण गरिएको थियो।

२० वर्षसम्म कर्मचारी संयन्त्रबाट सञ्चालन हुँदै आएको स्थानीय तहको कार्यभार आइतबारदेखि जनप्रतिनिधिहरुले जिम्मेवारी समालेका छन्। आइतबारसम्म चन्दननाथ नगरपालिकाको प्रमुखको भूमिका निर्वाह गर्दै आएका नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले प्रमुख सेजुवाललाई साँचो हस्तान्तरण गरेका थिए। उक्त अवसरमा बोल्दै नगरपालिकाका प्रमुख सेजवालले नगरपालिकालाई समृद्ध बनाउनको लागी सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता गरिन्।

यस्तै नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेले नगरपालिकालाई व्यवस्थित बनाउनको लागि बनाएका कार्ययोजना अनुसार अगाडि बढ्ने प्रतिपद्धता गरिन्।

यस्तै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जुम्लामा निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिए। उनका अनुसार आगामी दिनमा नगरपालिकाको विकासको लागि कर्मचारीको तर्फबाट पनि उत्तिकै सहयोग हुनेछ। नगर विकास समितिका अध्यक्ष देवेन्द्रबहादुर शाहीले नगरपालिकाको विकासको लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.