|
आइतबार मतगणनास्थल बाहिर मतगणना माग गर्दै पर्दर्शनमा उत्रिएका एमाले कार्यकर्ता।

कास्की : निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना सुरु हुन सकेको छैन।

मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगर १७ का केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि भएको विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार दिउँसो सर्वदलीय बैठक राखिएको थियो।

सर्वदलीय बैठकमा मतगणना सुचारु गर्ने सम्बन्धमा सहमति नजुटेपछि स्वस्तिक छापको प्रयोग सम्बन्धमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा पत्राचार गरिएको थियो।

आयोगले साँझ जवाफ पठाउँदै आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै पुनः मतगणना सुचारु गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ पुनः सर्वदलीय बैठक राखेपनि दलहरूबीच सहमति जुट्न नसकेको हो।

एकभन्दा बढी आकारका मतपत्र, फरकफरक खालको स्वस्तिक चिह्न प्रयोग गर्न नपाइने विश्वव्यापी मान्यता रहे पनि त्यसको स्पष्ट आधार आयोगले नदिएको र एकतर्फी रुपमा मतगणना गर्न खोजिएका कारण दलहरू सहमत नभएको नेपाली कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले बताए।

समस्याको निरुपणभन्दा पनि दलहरूको सहमति बेगर आयोगले जवरजस्ती एकतर्फी मतगणना सुरु गर्न लागेको उनले आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.