कांग्रेसका राजुराज ८ हजार ७६१ मतले पछि परे

|

काठमाडौं : काठमाडौं महानगरपालिमा अहिलेसम्म गणना भएको ६९ हजार ६५४ मतमध्ये एमालेका विद्यासुन्दर शाक्य २३ हजार ४२३ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका राजुराज जोशीले १६ हजार ४८५ मत ल्याएका छन्। यस्तै विवेकशील पार्टीकी रञ्जु दर्शनाले ९ हजार ३२३ प्राप्त गरेकी छिन्। ६ हजार ९५३ मतसहित साझा पार्टीका किशोर थापा चौथो स्थानमा छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ हजार ६५३ मत प्राप्त गरेका छन्। एक साताअघि भएको स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाका ३ देखि ७ र २२, देखि २४ , २६ र २९ देखि ३२ नम्बरसम्मको मतगणना जारी छ।
Read more at: http://thahakhabar.com/news/16327

काठमाडौं : काठमाडौं महानगरपालिकाको अहिलेसम्म गणना भएको ८८ हजार २९१ मतमध्ये २९ हजार १२९ मत पाएर एमालेका तर्फबाट प्रमुखका विद्यासुन्दर शाक्य अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले २० हजार ३६८ मत ल्याएका छन्।

यस्तै विवेकशील पार्टीकी रञ्जु दर्शनाले ११ हजार २५७ प्राप्त गरेकी छिन्। ८ हजार ५२३ मतसहित साझा पार्टीका किशोर थापा चौथो स्थानमा छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३ हजार १६० मत प्राप्त गरेका छन्।

 यस्तै उपप्रमुखतर्फको पछिल्लो परिणामअनुसार कांग्रेसकी उमेदवार हरिप्रभा खड्गीले २६ हजार ४१७ मत पाएकी छिन्। एमाले–राप्रपा गठबन्धनका राजाराम श्रेष्ठ (राप्रपा) ले १६ हजार ८२३ मत ल्याएका छन्। साझा पार्टीको ५ हजार ४५० मत छ भने माओवादी केन्द्रकी सुशीला पौडेलले ४ हजार २ सय १९ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.