|

भक्तपुर : मध्यपुर ठिमी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा छन्। नगरपालिकाको ९ मध्ये ८ वडाको मतगणना सकिँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अष्ट कवेंले ९ हजार ८९१ मत पाएका छन्।

उपप्रमुखमा कांग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छिन्। एमाले र नेमकिपा गठबन्धनका केदार खड्का (नेमकिपा) ले सात हजार ३५६ मत ल्याएका छन्।

अहिले ९ नम्बर वडाको मतगणना जारी छ। सोमबार रातिसम्ममा नगरपालिकाको अन्तिम परिणाम आउने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भक्तपुरका चारमध्ये दुई नगरपालिकाको परिणाम सार्वजनिक भइसकेको छ। भक्तपुर नगरपालिकामा नेमकिपाका सुनील प्रजापति प्रमुख र रजनी जोशी उपप्रमुख निर्वाचित भएका छन्। सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा जुना बस्नेत विजयी भएका छन्। चाँगुनारायण नगरपालिकामा भने मतगणना जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.