|

उदयपुर : गएको वर्षको तुलानमा यस वर्ष उदयपुरमा चैते धानको वृद्धि हुने भएको छ। चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘बृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार जिल्लामा गत वर्ष १ हजार ३ सय ६६ हेक्टर जमिनमा उत्पादन गरिएको चैत धानको खेती यस वर्ष झन्डै एक ७ पाँचसय हेक्टरमा गरिएको छ। जुन गएको वर्षको तुलनामा  ४ सय हेक्टर बढी क्षेत्रफलमा गरिएको कृषि विकास कार्यालयका बालविकास अधिकृत रामसेवक ठाकुरले बताए।

अधिकृत ठाकुरका अनुसार गएको वर्ष ३ हजार ४ सय १५ मेट्रिक टन धान उत्पादन भएको चैते धान यस वर्ष ७ हजार हुनेछ। ‘गत वर्ष चैते धान २ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन भएको थियो’, ठाकुरले भने, ‘पानी समयमै परेकाले, कृषकलाई कार्यालयले बिकासे बिउ वितरण गरेकाले यस वर्ष २ दशमलव ६ मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन हुने लक्ष्य राखेका छौं।’

सरकारले चैते धानको उत्पादन वृद्धि गराउने उद्देश्यले बृहत्तर धान उत्पादन कार्यक्रमअन्तरगत यहाँका किसानहरुलाई ७५ हेक्टर क्षेत्रफलमा अनुदान दिइएको छ। कार्यक्रममा परेका किसानलाई प्रतिहेक्टर रु पाँच हजारसम्म अनुदान रकम उपलब्ध भएको छ। यस्तै, पाँच हेक्टर क्षेत्रफलमा नमुना धान ब्लक बनाई आधुनिक तरिकाले समेत धान रोप्न कृषकलाई लगाइएको ठाकुरले जानकारी दिए।

धानको उत्पदान बढ्उन धानको फेदमा आएको झार हातले गोड्ने मेसिनसमेत कृषकलाई वितरण गरिएको छ। प्रतिहेक्टर दुई वटाको दरले १० वटा हातले गोड्ने मेसिन उपलब्ध गराइएको अधिकृत ठाकुरले बताए। 

बृहत धान उत्पादन कार्यक्रमका लागि १ हजार ५ सय हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ गरिएको छ।यस जिल्लामा त्रियुगा नगर क्षेत्र, जोगिदह, हडिया, बेल्टार, सुन्दरपुर, तपेश्वरी, रामपुरठोक्सिला, पञ्चावती, कटारी, त्रिवेणी, रिस्कु, हर्देनी, मंयाखु, रौता, सोरुङछबिसे, तावाश्री, लिम्पाटार, तथा सुनकोसी किनारा चुरे र

महाभारतको फेदीमाहरुमा चैते धानको खेती हुने गरेको छ। जिल्लामा विशेष गरी हर्दिनाथ १, चैते धान २, चैते धान ४ र चैते धान ६ जातको धान लगाउने गरिएको जिल्ला कृषि बिकास कार्यालय उदयपुरले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.