|

  गुल्मी : गुल्मीमा सडक कालोपत्रे गर्ने एक मजदुर मृत अवस्थामा फेला परेका छन्। रिडीरुद्राबेणी सडकमा कालोपत्रे गर्ने भारत मोतिहारीथाना शितलपुर १ घर भई हाल गुल्मी सत्यवती गाँउपालिका ६ अन्तरगत उल्लिखोला नजिकै कामदार मिठु कुमार सहनी शनिबार मृत फेला परेका हुन्।

इलाइट कम्पनीका मजदुर १८ वर्षीय साहनी काम गर्ने स्थानदेखि झन्डै ५सय मिटर पूर्वतर्फ रहेको एकतले गोठमा खाजा खाएर आराम गरी रहेका थिए। आराम गरेको स्थानमा साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले जानकारी दिए। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.