|

  • रमेश रावल-

कालिकोट  : खाद्य संस्थान पलाता गाउँपालिकामा थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारहरुले बाटोमा बिक्री गर्ने गरेका छन्। खाद्यान्नका ठेकेदारहरु डिपोमा नपुर्‍याइ बाटोमा नै बिक्री गरेका हुन्।ठेकेदारहरुले सम्बन्धित ठाउँमा पुर्‍याउन ढुवानी गर्न आनाकानी गर्दै बाटोमा बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ।

खाद्यान्न डिपो थिर्पुमा एक गेडा नराखी बाटोमा बिक्री गर्ने गरेको गाउँपालिका पलाताका पालिका सदस्य हसतबहादुर बमले बताए। ‘डिपोमा एक गेडा चामल पनि छैन।’ उनले भने,‘बाटोमा नै चामल बिक्री हुने गरेको छ।’ 

थिर्पु डिपोमा पुग्नुपर्ने चामल सान्नीगाड, फुगाड र जारकोटमा बिक्री वितरण हुने गरेको पलाता पाउँपालिकामा कहिल्यै पनि चामल नपुग्ने गरेको नेकपा एमाले पलाता गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष धर्मराज बमले बताए। ‘डिपोमा चामल लिन जाँदा केही पाइँदैन।’ उनले भने, ‘बाटोमा नै चामल बिक्री भएको पाएका छौं।’

थिर्पु डिपोका लागि नेपाल खाद्य संस्थानले ४४ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखिएको छ। अहिलेसम्म १ हजार ४ सय क्विन्टल चामल ढुवानी भइसकेको खाद्य संस्थान कालिकोट शाखा प्रमुख अनिलकुमार श्रेष्ठले बताए। ‘पलाताको थिर्पु डिपोको लागि ४४ हजार क्विन्टल चामल ढुवानी लक्ष्य रहेको छ।’ उनले भने, ‘हालसम्म १४ सय क्विन्टल चामल ढुवानी भइसेको छ।’

पलाताका स्थानीयबासीले चामल डिपोमा नपाएको गुनासो गरिरहँदा चामल ढुवानीको जिम्मा पाएका मुख्य ठेकेदार जयबहादुर बुढाले आफूले खाद्य संस्थानबाट ढुवानीको जिम्मा पाएको र आफूले जता पनि बिक्री गरेर खाद्य संस्थानलाई पैसा दिन सक्ने बताए। ‘चामल खोजी गर्ने तपाई को हो र?’  उनले थाहा खबरसँग भने, ‘ठेकेदार म हुँ जता पनि बिक्रि गर्ने अधिकार खाद्य संस्थानले मलाई दिएको छ।’

नेपाल खाद्य संस्थान कालिकोट शाखा प्रमुख अनिलकुमार श्रेष्ठका अनुसार पलाताको थिर्पु गोदाममा कर्मचारी नभएका कारणले खाद्यान्नको चामल गोदाम नरहेको स्वीकार गरे। ‘खाद्य संस्थान थिर्पु डिपो चामल रहँदैन्।’ उनले भने, ‘त्यहाँ हाम्रो कर्मचारी नै छैन।’ ठेकेदारहरु सम्बन्धित ठाउँमा पुर्‍याउँदा भाडाको रकम खानका लागि बाटोमा नै बिक्री गर्ने गरेको स्थानीयबासीको भनाइ छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.