|

काठमाडौं : फिल्म 'तारेभीर'को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

केही वर्ष पहिले नै निर्माण भएको फिल्म भर्खरै मात्र प्रदर्शनमा ल्याउन लागिएको जानकारी निर्माणपक्षले कार्यक्रममा दियो। यो फिल्मको प्रदर्शन मिति असार २ गते तय भएको छ। 

कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक प्रेम सुब्बाले ‘तारेभीर’ पुलिस प्रशासनमा आधारित रहेर निर्माण गरिएको बताए। 'यो फिल्मले अहिलेको पुलिस प्रशासनको अवस्थालाई उजागर गर्छ। फिल्मले पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्न सक्छन् भन्ने देखाउँछ', उनले भने।

डिके देवानले निर्माण गरेको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, दिपेश श्रेष्ठ, मन्जु श्रेष्ठ लगायतको अभिनय छ। युवराज राई (वीरबहादुर)ले खिचेको फिल्मलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन्।

हेर्नुहोस् यस्तो छ ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.