|

वीरगञ्ज : वीरगञ्जको कादम्बरी स्कुलको बसको ठक्करबाट दिल्ली पब्लिक स्कुलमा अध्ययनरत १३ वर्षीय छात्राको मृत्यु भएको छ। वीरगंजको महावीरस्थानमा सोमबार बिहान साढे ८ बजे दिया अग्रवाल स्कुल बस चढ्न सडक पार गर्दा कादम्बरी स्कुलको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिएपछि घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीयले कादम्बरी बसमा आक्रमण गरी सीसा तोडफोड गरेका छन्। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.