|

चितवन : चितवनको भरतपुर महानगरपालिकाको करिब ४८ हजार मत गन्दा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले २५ सय भन्दा बढीको अग्रता लिएका छन्।

वडा नम्बर २८ को मतगणना सकिँदासम्म ज्ञवालीले २२ हजार ३ सय ४८ र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १९ हजार ८ सय ६८ मत ल्याएकी छन्। नगर प्रमुख पदमा तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले भने जम्मा १८ सय ६६ मत ल्याएका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह अगाडि छिन्। उनले २२ हजार ७ सय ५३ मत ल्याएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार दिव्या आचार्यले १९ हजार ८ सय ६९ मत ल्याएकी छन्। भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरी माओवादीबाट प्रमुख र कांग्रेसबाट उपप्रमुखका उम्मेदवार चुनावमा उठेका हुन्। उपप्रमुखमा राप्रपाकी उम्मेदवारले १९८४ मत ल्याएकी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.