|

जनकपुरधाम : धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका वडा नं. १० स्थित एक होटलबाट आइतबार पेस्तोलसहित एकजना पक्राउ परेका छन्। जनकपुर उप–महानगरपालिका जिरोमाइलस्थित अप्सरा होटल एण्ड गेष्ट हाउसको कोठा नं.१०७ बाट पेस्तोलसहित एकजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज उप–महानगरपालिका वडा नं. १९ घर भएका २२ वर्षिया हरिशंकर प्रसाद साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोज कुमार यादवले जानकारी दिएका छन्। पक्राउ परेका सोनारको साथबाट पेस्तोल १ थान, म्यागजिन १ थान र सोमा लाग्ने गोली ४ थान रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोली सोनार सुतेको बेडको सिरानी मुनिबाट ४ राउन्ड गोली लोड रहेको अटो पेस्तोल युएसए १ थान रहेको जनाइएको छ। पक्राउ परेका अभियुक्तलाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.