|

काठमाडौं : प्रहरीले १ हजार तथा ५ सयका भारतीय रुपैयाँ(भारु) बोकेर हिडिंरहेको अवस्थामा काठमाडौंबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका गुल्मी सिर्सेनी गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका कृष्ण श्रेष्ठबाट  २९२८ थान हजार भारुको नोट (२९ लाख ४९ हजार) तथा ५ सय भारुका ६२ थान नोट (३१ हजार) बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ रविभवनमा बस्ने गरेका श्रेष्ठ कालिकाटी सोल्टिमोडबाट पक्राउ परेका हुन्। काठमाण्डौ उपत्यकामा केही व्यक्तिले ठुलो परिमाणमा अवैध भारतीय मुद्राहरु कारोबार तथा ओसारपसार गरी ल्याएको भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस घटनामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.