|

दैनिक भास्कर : भर्खरै मुम्बईमा भएको 'वुमन सेल्फ डिफेन्स ग्याजुयशन डे' इभेन्टमा बलिउड अभिनेत्री परिणीति चोपडा सहभागी भइन्। यसक्रममा उनले आफ्नो बाल्यकालका याद साटिन्। परिणीति भन्छिन्,' म साइकलमा स्कुल जान्थें किनकी हामीसँग कार किन्ने पैसा थिएन। मलाई कसैले दुर्व्यवहार गर्लान् कि भन्ने सोचेर मेरो बुबा केही पर आफ्नो साइकल लिएर बस्नुहुन्थ्यो। त्यतिबेला केटाहरुले मसँग दुर्व्यवहार गर्ने प्रयास गर्थे। कतिले मेरो स्कर्ट उठाउने कोसिस समेत गरे।'

परिणीतिका अनुसार आफ्ना अभिभावकले साइकलमा स्कुल पठाउँदा उनलाई निकै दुख लाग्थ्यो। यस विषयमा अभिभावकसँग जिज्ञासा राख्दा उनीहरु भन्थें,'तिमीलाई बलियो बनाउनका लागि यसरी पठाएका हौं।'

'वुमन सेल्फ डिफेन्स ग्याजुयशन डे' इभेन्टमा परिणीतिसँगै बलिउड स्टार अक्षयकुमार पनि सहभागी थिए। परिणीतिले अक्षयको निकै प्रशंसा गरिन्। 'मलाई खुसी लागेको छ कि तपाईहरुलाई सेल्फ डिफेन्स सिकाउन अक्षय सुरले कुनै पैसा लिनु भएको छैन्। न त यसका लागि कुनै वर्दी नै लगाउनु परेको छ। तपाईहरु सबैसँग त्यस्ता सुविधा छन्। जो मसँग थिएन,' उनले थपिन्,' मेरो कामना छ यदी तपाईहरुले यस्तो कठिन अवस्थाको सामना गर्नुपर्‍यो भने मुखमा मुक्का लगाउन नबिर्सनु।'

हरियाणाकी परिणीतिले सन् २०११ मा फिल्म 'लेडिज भर्सेज रिक्की बहल'बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनी आयुष्मान खुरानाको अपोजिटमा फिल्म 'मेरी प्यारी बिन्दु'मा देखिनेछिन्। छिट्टै नै उन रोहित सेट्टीको निर्देशनमा बन्न लागेको 'गोलमाल अगेन'मा लिड रोलमा देखिनेछिन्। यस फिल्ममा अजय देवगन उनको अपोजिटमा हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.