|

पर्वत : उपल्लो मुस्ताङको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको तिजी पर्व सोमबारदेखि सुरु भएको छ। चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व सुरु भएको हो।

पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले तिजी  पर्व मनाउँदै आएका छन्। उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन्।

यस पर्वमा भाईचारा साटासाट गर्दै विश्वशान्तिको कामना गरिन्छ। स्थानिय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण हुन्। ऐतिहासिक तीजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेका छन्।

यस वर्ष पनि विदेशी पर्यटकहरुको संख्या बढेको र साना तथा ठुला होटलहरु पनि भरीभराउ भएको होटल व्यवसायीले बताएका छन्। गत मंसिरमा मुस्ताङे राजा जिग्मे पालबर विष्टको निधन भएकाले एक वर्षसम्म उपल्लो मुस्ताङवासी दुःखमा छन्। त्यसैले यस वर्षको तिजी पर्व सांस्कृतिक नृत्य भन्दा पूजापाठमा केन्द्रित हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.